'भ्रष्टाचारको विषयमा फाइल नभइ फायर खोलौं' - Chaitanya News
  • 2026-07-06
  • 00:35:14
  • आइतबार,आषाढ २१, २०८३
  • ‘भ्रष्टाचारको विषयमा फाइल नभइ फायर खोलौं’

    ‘भ्रष्टाचारको विषयमा फाइल नभइ फायर खोलौं’

    काठमाडौं- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताएका छन्।

    प्रतिनिधि सभाको आज मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा सांसद शर्माले देशको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिए।

    भ्रष्टाचारको विषयमा कुनै पनि हदम्याद राख्न नहुने र भ्रष्टाचारको विषयमा राज्यले फाइल नभई ‘फायर’ खोल्नुपर्ने उहाँको भनाइ थियो। ‘सरकार र नीति क्षेत्रको काम स्पष्टरूपमा बाँडफाँट गरेर काम गर्नुपर्छ’, उनले भने, ‘ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्छ, अन्य नीति क्षेत्र नेपालमा लगानीमैत्री वातावरण बनाउनुपर्ने जरुरी छ।’

    सांसद शर्माले नेपालको प्रशासनीक काममा अझै कायम झन्झटिलो व्यवस्थाको अन्त्य गर्नुपर्ने र सरकारले लहडका भरमा नभई विज्ञहरूको सुझावमा आधारमा प्रतिफल दिने विषयमा मात्र बजेट लगानी गर्न सुझाव दिए।

    पुल बनाउने र सडक बनाउने कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै उहाँले विश्वका सबैभन्दा ठूलो र अर्थतन्त्रमा शक्तिशाली राष्ट्र २०५० सम्म चीन र त्यसपछि भारत शक्तिशाली हुने भनिएको हुँदा नेपालले पनि भिजन ९५ लिएर अघि बढ्नुपर्नेमा जोड दिए।

    नेपालमा रोजगारीको सिर्जना गर्नुपर्ने खालको बजेट विनियोजना गर्नुपर्नेमा जोड दिँदै उनले विवशताको आँसु बगाउँदै कोही पनि नेपालीमा विदेशमा जानुपर्ने वतावरणको अन्त्य गर्नुपर्ने बताए।