'प्रधानमन्त्रीदेखि कर्मचारी सबैको सम्पति छानबिन गर्नुपर्छ' - Chaitanya News
  • 2026-06-22
  • 23:28:26
  • सोमबार,आषाढ ०८, २०८३
  • ‘प्रधानमन्त्रीदेखि कर्मचारी सबैको सम्पति छानबिन गर्नुपर्छ’

    ‘प्रधानमन्त्रीदेखि कर्मचारी सबैको सम्पति छानबिन गर्नुपर्छ’

    काठमाडौं- राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीको सम्पति छानबिन गर्न माग गरेका छन्।

    मंगलबार राष्ट्रिय सभाको बैठकमा उनले भ्रष्टाचारविरुद्ध कडा एक्सन लिनुपर्ने भन्दै उच्च ओहदामा रहेका सबैको सम्पति छानबिन गर्न माग गरेका हुन्।

    उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै सुविधा कटौती गर्न पनि माग गरे।

    ‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पति छानबिन गरियोस्, भ्रष्टाचारविरुद्ध कडा एक्सन सुरु गरियोस्, सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गरियोस् । आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै कटौती गरियोस्,’ राष्ट्रिय सभा सदस्य पन्थीले भने।