शरणार्थी प्रकरण: टोपबहादुर रायमाझी खोज्न विशेष प्रहरी परिचालन - Chaitanya News
  • 2026-07-06
  • 00:34:25
  • आइतबार,आषाढ २१, २०८३
  • शरणार्थी प्रकरण: टोपबहादुर रायमाझी खोज्न विशेष प्रहरी परिचालन

    शरणार्थी प्रकरण: टोपबहादुर रायमाझी खोज्न विशेष प्रहरी परिचालन

    काठमाडौं –  शरणार्थी प्रकरणमा तानिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोज्न विशेष प्रहरी परिचालन गरिएको छ । स्रोतले दिएको जानकारीअनुसार उनलाई खोज्न विशेष प्रहरी परिचालन गरिएको छ ।

    बुटवल र काठमाडौंमा विशेष प्रहरी परिचालन गरेर उनको खोजी भइरहेको छ । पूर्वमन्त्रीसमेत रहेका रायमाझीको खोजी तीव्र पारेको भए पनि अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।अघिल्लो साता बुटवलबाट फरार भएका रायमाझी प्रहरीको खोजी सूचीमा रहेका छन् ।

    काठमाडौं । शरणार्थी प्रकरणमा तानिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोज्न विशेष प्रहरी परिचालन गरिएको छ । स्रोतले दिएको जानकारीअनुसार उनलाई खोज्न विशेष प्रहरी परिचालन गरिएको छ ।

    बुटवल र काठमाडौंमा विशेष प्रहरी परिचालन गरेर उनको खोजी भइरहेको छ । पूर्वमन्त्रीसमेत रहेका रायमाझीको खोजी तीव्र पारेको भए पनि अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

    नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप उनीमाथि लागेको छ ।

    सो गिरोहमा सक्रिय रहेका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार बेलुका नै बुटवलबाट पक्राउ गरेको छ । कतिपयले भने उनी काठमाडौंमै रहेको र प्रहरीको सम्पर्कमै रहेको दाबी गरेका छन् ।