शरणार्थी प्रकरणमा प्रधानमन्त्री भन्छन्- यो टेलरमात्र हो, फिल्म देखिनेवाला छ - Chaitanya News
  • 2026-11-15
  • 23:54:09
  • आइतबार,कार्तिक ३०, २०८३
  • शरणार्थी प्रकरणमा प्रधानमन्त्री भन्छन्- यो टेलरमात्र हो, फिल्म देखिनेवाला छ

    शरणार्थी प्रकरणमा प्रधानमन्त्री भन्छन्- यो टेलरमात्र हो, फिल्म देखिनेवाला छ

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा कसैलाई नछाड्ने बताएका छन्। आज शनिबार राजधानीमा पार्टीनिकट दलित मुक्ति मोर्चाको कार्यक्रममा बोल्दै जस्तोसुकै धम्की र दबाब आएपनि भ्रष्टाचारीलाई नछाड्ने बताए।

    प्रचण्डले शरणार्थी प्रकरणमा टेलर मात्र सुरु गरेको र फिल्म सिंगै बाँकी रहेको बताए। उनले भने, ‘यो टेलर मात्र हो सिंगै फिल्म देखिनेवाला छ।’

    भ्रष्टाचारीमाथि कारबाही गर्न खोज्दा धम्की, दबाब र घेराबन्दी पेचिलो बन्दै गएको बताए। उनले भने, ‘जतिसुकै ठूला घेराबन्दी, दबाब र धम्कीको सामना गरिनेछ।’