नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई कारबाही हुनुपर्छ’ - Chaitanya News
  • 2026-07-05
  • 23:02:41
  • आइतबार,आषाढ २१, २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई कारबाही हुनुपर्छ’

    नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई कारबाही हुनुपर्छ’

    काठमाडौं-  नेपाली कांग्रेसले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले कारबाही गर्नुपर्ने र दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने जनाएको छ ।

    सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकले अपराध गर्नेलाई राज्य संयन्त्रले कानुनी कठघरामा उभ्याउन खोज्दा राजनीतिक दलले हस्तक्षेप गर्न नहुने औंल्याएको हो ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गर्ने गिरोहविरुद्ध प्रहरीले जारी राखेको अनुसन्धानमा राजनीतिक दलले हस्तक्षेप गर्न नहुने कांग्रेसले जनाएको छ ।

    ठगी गिरोहमा संलग्न भएको आशंकामा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नेपालीलाई नक्कली भुटान शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गर्नेमा कांग्रेसकै केही नेताको पनि संलग्नता रहेको चर्चा भइरहेका बेला पदाधिकारी बैठकले दोषीलाई कारबाही हुनुपर्ने जनाएको हो ।