नक्कली शरणार्थी बन्न खोज्ने र बनाउने दुवै दोषि हुन् : नेता शाही - Chaitanya News
  • 2026-07-05
  • 23:04:38
  • आइतबार,आषाढ २१, २०८३
  • नक्कली शरणार्थी बन्न खोज्ने र बनाउने दुवै दोषि हुन् : नेता शाही

    नक्कली शरणार्थी बन्न खोज्ने र बनाउने दुवै दोषि हुन् : नेता शाही

    काठमाडौं- नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले नक्कली शरणार्थी बन्न खोज्ने र बनाउने दुवै कानुनको नजरमा दोषि रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बिहीबार आफ्नो धारणा राख्दै कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका नेविसंघ पूर्व वरिष्ठ उपाध्यक्ष शाहीले कानुन अनुसार नक्कली शरणार्थी बन्ने र बनाउने दुवैलाई कारकाही हुनुपर्ने बताए।

    ‘सुस दिन्या र लिन्या दुवै राष्ट्रका सत्रु हुन् भने झैँ नक्कली शरणार्थी बन्ने र बनाउने दुवै दोषि हुन्। दोषिलाई कानुन अनुसार कारबाही गरिनुपर्छ,’ उनले भने।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पनि मुछिएका छन् ।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्ने नक्कली शरणार्थी बन्न तयार भएर लाखौँ रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरीसँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनु पर्ने उनले बताए।पर्छ,” थापाले फेसबुकमा लेखेका छन्, “नेपाली भईकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन् ।”

    निर्दोष कसैलाई फसाउन नहुने र कोही पनि अपराधीले उन्मुक्ति पाउन नहुने उनको भनाइ छ ।