नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज हुने - Chaitanya News
  • 2026-07-05
  • 23:02:34
  • आइतबार,आषाढ २१, २०८३
  • नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज हुने

    नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज हुने

    काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज हुने भएको छ ।

    शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा दिउँसो ३ बजे सो शपथ ग्रहण कार्यक्रम हुनेछ ।

    प्रधानमन्त्री प्रचण्डले हिजो कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्ति गरेका थिए।

    त्यसैगरी केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।