राष्ट्रपतिद्वारा अध्यादेश जारी - Chaitanya News
  • 2026-07-05
  • 23:02:35
  • आइतबार,आषाढ २१, २०८३
  • राष्ट्रपतिद्वारा अध्यादेश जारी

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यायदेश, २०८०’ जारी गरेका छन्।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो।