महारानी एलिजाबेथको निधनबाट नेपालले एक महान् प्रशंसक गुमायो : देउवा - Chaitanya News
  • 2026-04-22
  • 12:42:55
  • बुधबार,बैशाख ०९, २०८३
  • महारानी एलिजाबेथको निधनबाट नेपालले एक महान् प्रशंसक गुमायो : देउवा

    महारानी एलिजाबेथको निधनबाट नेपालले एक महान् प्रशंसक गुमायो : देउवा

    काठमाण्डौ– प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा गहिरो दुःख व्यक्त गरेका छन।

    प्रधानमन्त्री देउवाले उहाँको निधनको खबरबाट आफूलाई निक्कै दुःखित बनाएको बताएको छ। उहाँको निधनले नेपाल र नेपाली नागरिकले एक महान् प्रशंसक गुमाएको प्रधानमन्त्रीको शोक सन्देशमा भनिएको छ। साथै उहाँले बेलायतको राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन ।

    ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले दिनुभएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू रहेका र जसका कारण नेपाली नागरिकले निक्कै मायापूर्वक सम्झन्छन् भरेका छन।

    महारानी एलिजाबेथको गएराति ९६ वर्षको उमेरमा निधन भएको थियो।