अयोग्य लडाकुका लागि सरकारी ढुकुटी रित्याउन खोज्नु गलत : नेता शाही - Chaitanya News
  • 2026-05-27
  • 01:28:33
  • मंगलबार,जेठ १२, २०८३
  • अयोग्य लडाकुका लागि सरकारी ढुकुटी रित्याउन खोज्नु गलत : नेता शाही

    अयोग्य लडाकुका लागि सरकारी ढुकुटी रित्याउन खोज्नु गलत : नेता शाही

    काठमाडौं- नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले मुलुक आर्थिक मन्दिमा रहेको समयमा अयोग्य लडाकुका नाममा सरकारी ढुकुटी रित्याउन खोज्नु गलत भएको बताएका छन्। काठमाडौंको बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अयोग्य लडाकुको व्यवस्थापनका लागि अस्थायी नभएर स्थायी समाधान खोजिनुपर्ने उनले बताए।

    नेता शाहीले देशको परिवर्तनमा लाग्छु भनेर गएका युवाहरूलाई सरकारले दुई लाख रकम दिँदैमा उनीहरूको जीवनमा कुनै ठूलो उपलब्धि नहुने भएकाले दीर्घकालीन समस्या समाधानका उपाए खोजिनुपर्ने बताए ।

    ‘अयोग्य लडाकुलाई पैसा बाड्ने होइन, सीप सिकाउनुपर्छ। सरकारले उद्योग खोलेर उनीहरूलाई रोजगारको ग्यारेन्टी गर्दै स्थायी समस्या समाधानको बाटो खोज्नुपर्छ,’ उनले भने।

    करिब ४ हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपियाँका दरले बाड्दा करिब ८० करोड राज्य ढुकुटीबाट सकिने छ। गत चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले अयोग्य माओवादी लडाकुहरूलाई जनही दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो।