ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण : राप्रपा प्रवक्ता श्रेष्ठ - Chaitanya News
  • 2026-07-05
  • 21:40:00
  • आइतबार,आषाढ २१, २०८३
  • ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण : राप्रपा प्रवक्ता श्रेष्ठ

    ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण : राप्रपा प्रवक्ता श्रेष्ठ

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रबारे गरेको टिप्पणीप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ति जनाएको छ।

    आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा ओलीले राजतन्त्र मान्नेहरूस्वार्थी, फटाह, मुर्ख र अज्ञानी हुने टिप्पणी गरेका थिए।

    सो टिप्पणीप्रति आपत्ति जनाउँदै राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको बताएका छन्।

    ‘राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरि एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ,’ श्रेष्ठले भनेका छन्, ‘राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन्। आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ।’

    साथै, उनले ओलीलाई प्रश्न समेत गरेका छन्। ‘संगसंगै प्रश्न पनि गर्न चाहन्छु– ‘०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्योरु’ उनले सोधेका छन्