काठमाडौँ – प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि सचिव सिफारिस भएका छन्। प्रतिनिधिसभाका लागि पदम पाण्डे र राष्ट्रियसभाका लागि सुरेन्द्र अर्याल सिफारिस भएका हुन्।
पाण्डे नायव महान्यायाधिवक्ता हुन् भने अर्याल संसद् सचिवालयका सहसचिव हुन्। प्रतिनिधिसभाका लागि सभामुख र राष्ट्रियसभाको लागि अध्यक्षको सिफारिसमा राष्ट्रपतिले सचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
यसअघि प्रतिनिधिसभामा गोपालनाथ योगी र राष्ट्रिय सभाको लागि राजेन्द्र फुयाल सचिव थिए। योगी र फुयालको पाँच बर्षे कार्यकाल पूरा भएपछि नयाँ सचिव नियुक्त गर्न लागिएको हो।
संविधानको धारा १०६ बमोजिम सभामुख र राष्ट्रियसभा अध्यक्षको सिफारिसमा पाण्डे र अर्याललाई नियुक्त गर्न लागिएको हो।