गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले २१ गते विश्वासको मत लिने - Chaitanya News
  • 2026-07-05
  • 21:40:00
  • आइतबार,आषाढ २१, २०८३
  • गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले २१ गते विश्वासको मत लिने

    गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले २१ गते विश्वासको मत लिने

    पोखरा– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएको छन्। सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख २१ गते अधिवेशन आहन गरेका हुन्। सोही दिन मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

    वैशाख १४ गते मात्र पाण्डे गण्डकी प्रदेशका पाँचौ मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। सरकार गठन भएको छोटो समयमा नै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन्।

    ‘प्रदेश सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम गण्डकी प्रदेश सभाको अधिवेशन प्रदेश भवन नदीपुरमा वेशाख २१ गते बिहीबार दिउँसो २ बजे आरम्भ हुनेछ,’ प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा छ।