काठमाडौँ– राजधानीस्थित अमृत साइन्स क्याम्पस(अस्कल)मा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियु र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का कार्यकर्ताहरुबीच झडप भएको छ। आइतबार दुई संगठनका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका विद्यार्थी घाइते भएका छन्।
होस्टेलभित्र विद्यार्थी बस्ने विषयमा कुरा नमिल्दा झडप भएको बताइएको छ। अहिले क्याम्पस प्रांगन तनापूर्ण रहेको छ। वैशाख ३ गत्ते भएको स्ववियू चुनावमा सो क्याम्पसमाअखिल (क्रान्तिकारी) का प्रेम जैशी सभापतिमा विजयी भएका थिए।