काठमाडौं– सरकार र माइतीघर मण्डलामा धर्नामा बसेका महावीर पुनबीच औपचारिक रुपमै वार्ता हुने भएको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गत शुक्रबारदेखि माइतीघरमा धर्नामा बसेका पुनलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए। छलफल निकै सकारात्मक भएको पुनले बताए।
उनका अनुसार साँझ ५ बजेसम्म दुबै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग पूरा गर्न सहमति खोज्ने समझदारी भएको छ।
आफूहरुसँग छलफलमा बसिरहँदा प्रधानमन्त्रीले दुई पटक उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसँग फोन गरेको भन्दै पुनले भने, ‘भोलि कागजमा हुँदा कस्तो हुन्छ, त्यसबेला नै थाहा होला।
आविस्कार र नवप्रवर्तनका लागि बजेटको एक प्रतिशत बजेट विनियोजन गर्नुपर्नेलगायतका ४ बुँदे माग राख्दै महावीर पुनले शुक्रबारदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन्।