कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मागे विश्वासको मत - Chaitanya News
  • 2026-07-04
  • 22:23:11
  • शनिबार,आषाढ २०, २०८३
  • कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मागे विश्वासको मत

    कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मागे विश्वासको मत

    सुर्खेत– कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन्। प्रदेशसभाको १४ औँ बैठकमा आफ्नो भनाइ राख्दै उनले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन्। उनले कर्णालीका शत्रु भनेका रोग, भोक र विकटता भएको भन्दै सबै दलहरु त्यसको विरुद्धमा एकजुट भएर अघि बढ्नुपर्ने बताए।

    प्रदेश सरकारको काम कारबारीका लागि ६१ बुँदे निर्देशन जारी भइसकेकाले त्यसको कार्यान्वयन देखिन थालेको उनले बताए। शर्माले विश्वासको मत माग्दै भने, ‘मुख्यमन्त्रीको आफू, तथ्य र तथ्यांकसहित अग्रसर हुने भएकाले विश्वासको मत दिएमा गर्व गर्न लायक मुख्यमन्त्रीको रुपमा काम गर्नेछु।