राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार : पशुपति समशेर जबरा - Chaitanya News
  • 2026-07-04
  • 22:22:03
  • शनिबार,आषाढ २०, २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार : पशुपति समशेर जबरा

    राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार : पशुपति समशेर जबरा

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन्।

    शुक्रबार काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले भने, ‘ अत्यन्त अफ्ठ्यारो परिस्थिति छ। त्यही अफ्ठ्यारो परिस्थिति सामना गर्न यो पार्टी, यसको नेतृत्व सामना गर्न भनेर अघि बढेको छ। यो पार्टीले त्यो समस्या सामना गर्छ, गर्छ गर्छ।’

    उनले गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी गरे। उनले संसद भद्रगोल रहेको र जुनकुनै अवस्थामा जे पनि हुनसक्ने बताए। उनले अफ्ठ्यारो परिस्थितिको सामना गर्न राप्रपा सामथ्र्यवान भएको दाबी गरे।

    उनले भने, ‘बैले धेरै पहिला पनि भनेको थिएँ, मैले यो पालिको संसद बडो डामाडोलपूर्ण अवस्थाको संसद छ, जे पनि हुनसक्छ भनेको थिएँ, आज देखिएको छ। त्यो असजिलो हाम्रो सामु छ, त्यसलाई हामीले सामना गर्न सक्नुपर्छ। घण्टी बजेको छ, चुनावमा पनि बज्यो, उपचुनावमा पनि बज्यो, त्यो परिस्थिति सामना गर्न राप्रपा सामर्थ्यवान छ।

    सांसद जबराले देश अफ्ठ्यारो पर्दा आड दिने पार्टी राप्रपा बाहेक अर्को नरहेको जिकिर गरे।