तनहुँवासीको स्नेह, विश्वास डग्मगाउन दिन्नँ : स्वर्णिम वाग्ले - Chaitanya News
  • 2026-07-04
  • 22:21:25
  • शनिबार,आषाढ २०, २०८३
  • तनहुँवासीको स्नेह, विश्वास डग्मगाउन दिन्नँ : स्वर्णिम वाग्ले

    तनहुँवासीको स्नेह, विश्वास डग्मगाउन दिन्नँ : स्वर्णिम वाग्ले

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले आफूले तनहुँ– १ का जनताको स्नेह, विश्वास र भरोसा डग्मगाउन नदिने बताएका छन्। आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै डा. वाग्लले तनहुँ– १ का जनताप्रति आभार व्यक्त गर्दै विश्वासलाई कायमै राख्ने बताएका हुन्।

    ‘हालै सम्पन्न निर्वाचनमा मलाई भारी मत र मतान्तरसहित विजयी बनाएर प्रतिनिधि सभा पठाउनु हुने तनहुँ–१ का मतदाताहरु प्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँहरुको स्नेह, विश्वास र भरोसालाई म डग्मगाउन दिने छैन,’– उनले भने।

    साथै, तनहुँहुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्ग विस्तारको कामले तनहुँवासीको दैनिकीमा असुविधा ल्याएको उनको भनाई छ। उक्त लोकमार्ग विस्तारका क्रममा ऐतिहासिक र पुरातत्विक महत्वको घाँसी कुवाको व्यवस्थापन गर्न आवश्यक रहेकोसमेत उनले बताएका छन्।

    ‘तनहुँ जिल्ला हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्गको विस्तार भइरहेको छ। यो आवश्यक छ तर यसले सर्वसाधरण जनताको दैनिकीमा असुविधा पनि ल्याएको छ। जनस्वास्थ्यका दृष्टिले भुलाम्य सडक र घाँसी कुवा लगायतका ऐतिहासिक र पुरातत्विक महत्वका संरचनाको उचित व्यवस्थापन गर्न पर्ने म देख्दछु,’उनले भने।