काठमाडौं– जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले बारा– २ को उपनिर्वाचनको कुनै धाँधली नभएको दाबी गरेका छन्।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा उनले बारामा अहिलेजस्तो शान्तिपूर्ण निर्वाचन कहिल्यै नभएको दाबी समेत गरे।
जनमत पार्टीका अध्यक्ष सिके राउतप्रति लक्षित गर्दै यादवले अन्य दलले हार स्वीकारे पनि सिके राउतले हार स्वीर्कान नसकेको आरोप लगाए।
कुनै धाँधली भएको छैन। जुन जुन बुथमा उहाँले धाँधली भयो भन्नुभयो। उहाँहरूले रौतहटबाट जनमतका पत्रकार बोलाएर हल्ला गराउनुभएको हो,उनले भने,जसपा र कांग्रेसको राम्रो मत भएको ठाउमा उहाँहरूले कब्जा गरेको आरोप लगाउनुभयो।
बिहीबारको संसद बैठकमा जममत पार्टीका अध्यक्ष सिके राउतले सत्ताको दुरूपयोग गरेर धाँधली गरेर जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताएको आरोप लगाएका थिए।