‘अयोग्य लडाकु’का नाममा कार्यकर्ता पोस्ने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन : पदम गिरी - Chaitanya News
  • 2026-07-04
  • 21:05:18
  • शनिबार,आषाढ २०, २०८३
  • ‘अयोग्य लडाकु’का नाममा कार्यकर्ता पोस्ने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन : पदम गिरी

    ‘अयोग्य लडाकु’का नाममा कार्यकर्ता पोस्ने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन : पदम गिरी

    काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले माओवादीका अयोग्य लडाकुलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ।

    शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको आर्थिक अवस्था भयावह भएको वेला सरकारले सो निर्णय गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन्।

    उनले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी सो रकम दिने निर्णय आफ्नो पार्टीलाई कुनै पनि हालत स्वीकार्य नहुने बताए। सरकारले सो निर्णय तत्काल खारेज नगरे आफ्नो पार्टी त्यसको विरुद्धमा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने प्रमुख सचेतक गिरीको चेतावनी थियो।

    उनले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गराउन सरकार नलागेको आरोपसमेत लगाए। उनले भने, ‘माओवादीका अयोग्य लडाकुको नाममा करिब चार हजार आठ सयभन्दा बढी व्यक्तिलाई राज्यकोषबाट, ढुकुटीबाट दुई–दुई लाख नगद निकालेर बाँड्ने खालको चलखेल हुँदै छ। र, कार्यविधि बनाएर पैसा बाँडिँदै छ भन्ने सुनिएको छ। एक अर्ब ४० करोड रुपैयाँ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि चालू आर्थिक वर्षमा छुट्याइयो। तर, आज सत्य निरुपण तथा मेलमिलापको काम थाती राखिएको छ। हिजो अनमिनले प्रमाणीकरण गरेका लडाकुहरू पछि पुनः प्रमाणीकरण हुँदाखेरि त्यतिखेर दुई हजार चार सय ५१ जना को थिए भन्ने यकिन गर्न सकिएन। ती व्यक्ति कहाँ हराए रु थाहा भएन। तिनका नाममा ९५ करोड रुपैयाँ पैसा तत्कालीन माओवादी नेतृत्वले त्यो पैसा लिएर गयो। त्यो पैसा कहाँ गयोश्र