सांसद कोइरीले लेखे अस्वस्थ छु सुधार भएपछि आउँछु भन्दै संसद सचिवालयलाई पत्र - Chaitanya News
  • 2026-07-04
  • 21:05:00
  • शनिबार,आषाढ २०, २०८३
  • सांसद कोइरीले लेखे अस्वस्थ छु सुधार भएपछि आउँछु भन्दै संसद सचिवालयलाई पत्र

    सांसद कोइरीले लेखे अस्वस्थ छु सुधार भएपछि आउँछु भन्दै संसद सचिवालयलाई पत्र

    काठमाडौं– नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद सचिवालयलाई पत्र लेखेका छन्। लगातार १० वटा बैठकसम्म बिना सूचना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ। तर महतो १० वटा भन्दा बढी बैठकमा अनुपस्थित भइसकेका छन्।

    संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कोइरीले बिरामी भएर संसद बैठकमा अनुपस्थित रहेको जानकारी संसद सचिवालयलाई गराएका छन्। यसबीचमा कोइरीले दुई पटक पत्र पठाइएका छन्। उनले पत्रमा लेखेका छन्, ‘माघ २५ गतेदेखि असस्थ भई उपस्थित हुन सकेको छैन र सुधार भएपछि उपस्थित हुन्छु।

    महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन्। उनी निर्वाचित भएपछि शपथ लिन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भएका थिए।

    त्यसपछिका धेरै बैठकमा भने उनी उपस्थित भएका छैनन्। प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महतोलाई किन कारबाही नगरेको भन्दै सभामुख देवराज घिमिरेलाई प्रश्न गरेकी थिइन्। संसद सचिवालय स्रोतका अनुसार कोइरीको तलब भने गएको छैन।