काठमाडौं– एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ।
हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो।
नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ। नेपाल आजै भएको खेलमा कतारलाई हराउँदै समूह एको विजेता बनेको थियो।
अर्को सेमिफाइनलमा यूएई र ओमानले शनिबार नै खेल्ने छन्। कुवेतले हङकङलाई हराएपछि यूएई समूह बीको विजेता बनेको हो।
प्रतियोगितामा राम्रो सुरुवात गरेको हङकङ भने अन्तिम खेलमा हारपछि समूह चरणबाटै बाहिरिएको छ।
फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ।