एमालेले सहनुको अर्थ कमजोर भएर होइन, प्रतिकार गर्नुपरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : ओली - Chaitanya News
  • 2026-07-04
  • 21:05:02
  • शनिबार,आषाढ २०, २०८३
  • एमालेले सहनुको अर्थ कमजोर भएर होइन, प्रतिकार गर्नुपरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : ओली

    एमालेले सहनुको अर्थ कमजोर भएर होइन, प्रतिकार गर्नुपरे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : ओली

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र प्रहरी माथि झापामा गरिएको आक्रमणको निन्दा गरेका छन्।
    गृहजिल्ला झापाबाट इलाम जानेक्रममा कोशी प्रदेशविरुद्ध आन्दोलनरत पक्षले अध्यक्ष ओलीमाथि कालो झण्डा प्रदर्शन र नाराबाजी गरेका थिए।

    तर, ओलीले उक्त नाराबाजी कोशी प्रदेशविरुद्ध आन्दोलन गर्नेले नभई माओवादी र समाजवादीका कार्यकर्ताले गरेको आरोपसमेत लगाए।
    उनले आफू र प्रहरी सुरक्षाकर्मीमाथि भौतिक हमला भएको र त्यसमा प्रचण्ड–माधवका कार्यकर्ता संलग्न रहेको दाबी गरेका छन्।

    एमालेले यस्ता धेरै अवरोध खेपेर आएको भन्दै उनले भने–‘एमालेले सहनुको अर्थ कमजोर भएर होइन। प्रतिकार गर्नुपरेमा ठूलो मूल्य चुकाउनुपर्नेछ।’

    एमाले इलाम जिल्ला अधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठक उद्घाटनका क्रममा अध्यक्ष ओलीले हिजो ढुंगामुढा गर्ने ज्यान मार्ने उद्योग गर्नेहरू को हुन् रुभन्दै प्रश्नसमेत गरेका छन्। ‘प्रदेशको नाम के राख्ने कोसी राख्ने कि सगरमाथा राख्ने रु ड्युटीमा खटिएको प्रहरी हवल्दारलाई के मतलब?’ उनले भनेका छन्–‘जागिर खाएर ड्युटीमा बसेका मान्छेको टाउको फुटाउने आतंककारी हुन्।’

    अध्यक्ष ओलीले कोशी प्रदेशमा भइरहेका अराजक घटनाहरूमा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखिएको भन्दै आफूहरू सरकारको व्यवहार हेरिरहेको समेत बताए ।‘यी घटनामा प्रचण्ड र माधव नेपालको पार्टीको संलग्नता देखियो’ उनले भने–‘हामी सरकारको व्यवहार हेर्छौं,कसैसँग निहुंँ खोज्न र झगडा गर्न जाँदैनौं तर, अति भयो भने जवाफी कारबाही गर्नुपर्ने हुन्छ।’