माले क्षेत्र नरहेकाले जित नभए पनि हार मान्नु हुर्दैन : नेता पोखरेल - Chaitanya News
  • 2026-07-04
  • 21:05:16
  • शनिबार,आषाढ २०, २०८३
  • माले क्षेत्र नरहेकाले जित नभए पनि हार मान्नु हुर्दैन : नेता पोखरेल

    माले क्षेत्र नरहेकाले जित नभए पनि हार मान्नु हुर्दैन : नेता पोखरेल

    जनकपुरधाम– नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा एमालेको जित नभए पनि दुःखी भैहाल्ने अवस्था नरहेको बताएका छन। महोत्तरीको बर्दिवासमा एमालेको अभियान ‘मिशन ग्रासरुट’ सम्बन्धी प्रादेशिक कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुरधाम आएका वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताएका हुन । सम्पन्न उपनिर्वाचनमा एमाले क्षेत्र नरहेकाले जित नभए पनि हार मान्नुपर्ने कुनै अवस्था नरहेको उनको भनाइ छ।

    उपनिर्वाचनमा निर्वाचित नहुँदा दुःखी हुनुपर्ने अवस्था एमालेको नरहेको उनले बताए। लोकप्रिय मतको आधारमा एमाले पहिलो पार्टी नै रहेको उनले बताए।

    सरकार टिकाउने र गिराउने काममा एमालेको कुनै चासो छैन, नयाँ परिवेशको सिर्जना भए त्यसलाई नकार्न पनि नसकिने पोखरेलको भनाइ छ। देशमा नयाँ लहर चलेको छ, त्यसले दलीय प्रणाली मजबुत नहुने र एमाले दलीय प्रणालीको विरुद्वमा जाने पार्टी नरहेको उनले स्पष्ट पारे।

    एमालेको क्षेत्र नभए पनि उपनिर्वाचनमा चितवन र तनहुँमा केही मत घटे पनि बारामा पार्टीले प्रगति गरेको भन्दै वारिष्ठ उपाध्यक्ष पोखरेलले भने “एमालेले चार वर्षपछि हुने निर्वाचनको तयारीमा तीव्र गतिमा लागेको छ, त्यसैले आमागी निर्वाचनमा जित निश्चि हुनेछ।”

    उनले भने, ‘थुप्रै संघर्षका बावजुद यहाँसम्म आएको एमाले समय परिस्थितिसँग जुध्न पनि जानेको छ, निश्चित उद्देश्य, सिद्वान्त र एजेन्डाबिना हावाको भरमा नेपालमा कुनै पनि राजनितिक दल टिक्न सक्दैन। आफ्नै कारण वर्तमान सत्ताधारी गठबन्धन धरासायी हुनेछ।’