नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ? - Chaitanya News
  • 2026-07-04
  • 19:21:22
  • शनिबार,आषाढ २०, २०८३
  • नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ?

    नेपाल प्रहरीका १३ डीआईजी पदस्थापन, को कहाँ?

    काठमाडौं- नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ। वैशाख ६ गते बढुवा भएका डीआईजीलाई गृह मन्त्रालयले बुधबार पदस्थापन गरेको हो।

    तीन जना डीआईजीले प्रदेश प्रमुखको जिम्मा पाएका छन्। डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश र भरतबहादुर बोहरा सूदुरपश्चिम प्रदेशमा पदस्थापन भएका हुन्।

    यस्तै सीआईबीमा यज्ञविनोद पोख्रेल, विमानस्थलमा अर्जुन चन्द ठकुरी र महानिरीक्षकको सचिवालयमा कुवेर कडायतले जिम्मेवारी पाएका छन्।