काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरूलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप दलहरूले आफूलाई बदलेर नयाँ ढंगले जुट्नु पर्नेमा उनको जोड छ ।
‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ’, महामन्त्री शर्मा ट्वीटरमा लेख्छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ हामी ।’