संसद्मा प्रधानमन्त्री ‘प्रचण्डको दर्शन पाउनु दुर्लभ भयो : रघुजी पन्त - Chaitanya News
  • 2026-07-04
  • 17:42:35
  • शनिबार,आषाढ २०, २०८३
  • संसद्मा प्रधानमन्त्री ‘प्रचण्डको दर्शन पाउनु दुर्लभ भयो : रघुजी पन्त

    संसद्मा प्रधानमन्त्री ‘प्रचण्डको दर्शन पाउनु दुर्लभ भयो : रघुजी पन्त

    काठमाडौं– नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका एजेण्डा संसद्मा जानकारी हुनुपर्ने बताएका छन्।

    प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद पन्तले आफूले पटक–पटक संसद्मा भारत भ्रमणको एजेण्डा प्रस्तुत गर्न आग्रह गर्दा पनि प्रधानमन्त्री प्रचण्डले वास्ता नगरेको उनको आरोप छ।

    ‘भारत भ्रमणको एजेण्डाहरु के–के हुन् भन्ने कुराहरु संसद् चलिरहेको बेलामा पनि हामीले अखबारहरुमा पढ्नु परेको छ। बाहिरी माध्यमहरुमा सुन्नु परेको छ। संसद्भित्र हामीले पटक–पटक आग्रह गर्दा पनि भारत भ्रमणका बारेमा प्रधानमन्त्री आएर एक शब्द भन्नु भएको छैन। प्रधानमन्त्रीको त अनुहार हेर्न र दर्शन पाउन पनि दुर्लभ भइसक्यो। यो महत्वपूर्ण विषयमा संसद्भित्र छलफल होस्’– उनले भने।