बारा २ अपडेट : उपेन्द्रलाई पछ्याउँदै शिवचन्द्र - Chaitanya News
  • 2026-07-04
  • 16:09:54
  • शनिबार,आषाढ २०, २०८३
  • बारा २ अपडेट : उपेन्द्रलाई पछ्याउँदै शिवचन्द्र

    बारा २ अपडेट : उपेन्द्रलाई पछ्याउँदै शिवचन्द्र

    बारा– क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको छ।

    ३३ हजार ६ सय ३७ मत गणना हुँदा जसपाका उपेन्द्र यादवले १४ हजार पाँच सय ४३ मत ल्याएका छन्। नौ हजार सात ८० मतसहित जनमतका शिवचन्द्र कुसवाहले उनलाई पछ्याइरहेका छन्।

    एमालेका पुरुषोत्तम पौडेल चार हजार आठ सय ५० मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल दुई हजार ५९ मतसहित चौथो स्थानमा छन्।