काठमाडौं– क्रिक्रेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंमा सुनुवाइ थालिएको छ। सुरुमा वादी पक्षका वकिलहरुले बहस गरिरहेका छन्।
जाहेरीकर्ताका तर्फबाट दुईजना वरिष्ठ अधिवक्तासहित ५ जना वकिल छन्। वरिष्ठ अधिवक्ताद्वय शशि अधिकारी र सुनिता रेग्मीले बहसका लागि नाम लेखाएका छन्। थप ३ जना सरकारी वकिल छन्।
प्रतिवादी तर्फबाट चारजना वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, सविता भण्डारी र कृष्ण सापकोटा छन्। थप ५ जनासम्म अधिवक्ताले सन्दीपका तर्फबाट बहस गर्ने बुझिएको छ।
बहस लम्बिनसक्ने भएकाले आजै फैसला आउने सम्भावना कम छ।