लोकसेवा उपयोगी सामग्री [६७] - Chaitanya News
  • 2026-06-05
  • 18:15:13
  • शुक्रबार,जेठ २२, २०८३
  • १. नौका विहार कहाँ अवस्थित छ?

    A) थाइल्याण्ड   B) लुम्बिनी   C) श्रीलंका   D) भारत

    २. नेपालको कास्मिर भनेर कुन जिल्लालाई चिनिन्छ?

    A) म्याग्दी B) दार्चुला C) जुम्ला   D) हुम्ला

    ३. नेपालको सबैभन्दा ठूलो ढुडगाको मूर्ती कुन हो?

    A) विरुपाक्ष B) पाटनढोका C) बुढानिलकण्ठ    D) हनुमानढोका

    ४. तलका भनाई ठीक–बेठीक के हुन्? छुट्याउनुहोस्।

    १. नेपालमा माघ १ गते भुकम्प सुरक्षा दिवस मनाइन्छ।

    २. नेपाल भुकम्पीय जोखिमका हिसाबले विश्वको १० औ स्थानमा पर्दछ।

    A) १ र २ दुवैठीक  B) १ र २ दुवै बेठीक C) १ ठीक र २ गलत  D) २ ठीक र १ गलत

    ५. युरोपेली संघको परामर्शदायी निकाय कुन हो?

    A) युरोपेली न्यायलय  B) युरोपेली संसद C)  युरोपेली परिषद  D) युरोपेली आयोग

    ६. तीसवटा चाँदीको सिक्काको लोभमा परी जिसस क्राइस्ट बसेको ठाँउ तत्कालिन शासकहरूलाई देखाउने क्राइस्टका चेला को हुन्?

    A) जोसेफ B)जुडास C) एडम D)सिरस

    ७) जोडा मिलान तलको कुन चाँहि ठीक छ ?
    a.  त्रिभुवन विमानस्थल                                  1. सबैभन्दा फराकिलो विमानस्थल
    b.  विराटनगर विमानस्थल                            2.  अन्तर्राष्ट्रिय बिमानस्थल
    c.  जिरी विमानस्थल                                     3. सबैभन्दा उचाइमा रहेका विमानस्थल
    d.  स्याङवोचे विमानस्थल                             4.  सबैभन्दा साँघुरो विमानस्थल
    5.  सबैभन्दा होचो विमानस्थल

    A) a–2,b–1,c–3,d–5                      B) a–1,b–5,c–4,d–3

    C) a–2,b–5,c–4,d–3                D) a–2,b–5,c–4,d–1

    ८) जैविक विविधतामा ह्रास आउने कारण के हो ?
    A) किटनाशक औषधिको प्रयोग             B) वनजंगलको विनास
    C) भौतिक पुर्वाधारको निर्माण                D) माथिका सबै

    ९) नेपोलियन कोड भनेकाे के हो ?
    A) नेपोलियन वोनापार्टले देशभरि लागु गरेको कानुन
    B) नेपोलियन वोनापार्टको डेस कोड
    C) नेपोलियन वोनापार्टले देशभरि लागु गरेको कर प्रणाली

    D) कुनै पनि होइन

    १०) २०७८ को जनगणनाको प्रारम्भिक नतिजा अनुसार जनसंख्या वृद्धिदर ऋणात्मक भएका पाँच जिल्लाहरु क्रमशः कुन कुन हुन् ?
    A) रामेछाप, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुम

    B) रामेछाप, मनाङ, भोजपुर, तेह्रथुम। खोटाङ
    C) भोजपुर, तेह्रथुम, रामेछाप, खोेटाङ, मनाङ

    D) मनाङ, भोजपुर, रामेछाप, खोटाङ, तेह्रथुम

    ११) बिप्पा सम्झौता र दोहोरा करमुक्ति सम्झौता दुबै भएको मुलुक कुन कुन हुन् ?
    A) भारत र मौरीसस                    B) मौरीसस र बेलायत

    C) भारत र चीन                            D) चीन र बंगलादेश

    १२)  विश्वव्यापी अर्थतन्त्रबारे विश्व बैङ्कद्वारा सन् २०२३ जनवरी १० मा सार्वजनिक प्रतिवेदनअनुसार आ.व. २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण छ ?
    A) ५.० प्रतिशत             B)  ५.१ प्रतिशत       C) ५.२ प्रतिशत           D)  ५.५ प्रतिशत

    १३) कुन जोडा गलत रहेको छ ?
    A) पंक्षी विशेषज्ञ – डा. हेमराज बराल
    B) ओजन तह पातलिँदै गएको पत्ता लगाउन – शेरउड रोल्याण्ड
    C) RIO + 10  सम्मेलन – जोहान्सवर्ग
    D) अम्लियवर्षा सम्बन्धि पहिलो विश्व सम्मेलन – सन् १९९२

    १४) सन् २०२३ जनवरी १ देखि सन् २०२४ डिसेम्बर ३१ सम्म कार्याकाल भएको UNO को सुरक्षा परिषदको अस्थायी सदस्य राष्ट्र कुन होइन ?
    A)  मोजाम्विक        B) माल्टा        B) मौरिसस           D) जापान

    १५) सन् २०२२ मा कतारमा भएको विश्वकपको सन्दर्भमा तलका भनाई अध्ययन गर्नुहोस र सहि उत्तर छनौट गर्नुहोस् ।
    १) सन् २०२२ नोभेम्बर २० मा शुरु भएर डिसेम्बर १८ मा अन्त्य भएको हो ।
    २) विश्व कपको फाइनल र सेमिफाइनलमा खेलाइएको बलको नाम ‘अल हिल्म’ हो ।
    ३) यो २३ औं विश्वकप हो ।
    ४) यसमा जम्मा ६४ खेल आयोजना भएको हो ।
    A)  सबै सहि           B) १ र ३ मात्र सहि             C) ३ र ४ मात्र सहि       D) १, २, ४ मात्र सहि

    (लाेक सेवा आयोगद्वारा लिइने परीक्षाकाे सबै सेवा, समूहकाे प्रथम पत्रकाे वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question) का लागि अत्यन्त उपयाेगी रहेकाे छ ।)

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100