नेपाली कांग्रेसबाट चार जना मन्त्रीको नाम टुंगियो - Chaitanya News
  • 2026-05-21
  • 09:28:43
  • बिहिबार,जेठ ०७, २०८३
  • नेपाली कांग्रेसबाट चार जना मन्त्रीको नाम टुंगियो

    नेपाली कांग्रेसबाट चार जना मन्त्रीको नाम टुंगियो

    काठमाडौं– नेपाली कांग्रेसबाट चार जना मन्त्रीको मात्रै टुंगो लागेको छ। शुक्रबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चार जना मन्त्रीले शपथ लिने भएका हुन्।

    उपसभापति खड्का उपप्रधानसहित रक्षा, डा। प्रकाशशरण महत अर्थ, रमेश रिजाल परराष्ट्र र सीता गुरुङ सहरी विकास मन्त्री बन्ने देउवा निकट एक नेताले जानकारी दिए।

    कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ। तर, शेखर कोइराला समूहले तीन जना मन्त्री पाउनुपर्ने अडान नछोडेपछि अन्य मन्त्रीको शपथ आज नहुने भएको हो। देउवाले कोइराला समूहलाई दुई मन्त्री दिने बताएका थिए।