सरकारी सेवामा कार्यरत चिकित्सकहरुलाई निजी क्लिनिकमा काम गर्न रोक - Chaitanya News
  • 2026-05-02
  • 17:54:59
  • शनिबार,बैशाख १९, २०८३
  • सरकारी सेवामा कार्यरत चिकित्सकहरुलाई निजी क्लिनिकमा काम गर्न रोक

    सरकारी सेवामा कार्यरत चिकित्सकहरुलाई निजी क्लिनिकमा काम गर्न रोक

    काठमाडौं– सरकारी अस्पतालका जागिरे डाक्टरहरुले अबदेखि निजी क्लिनिकमा आफ्नो नाम प्रयोग गर्न नपाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी सेवामा कार्यरत चिकित्सकहरुलाई निजी क्लिनिकमा काम गर्न रोक लगाएको छ।

    मन्त्रालय मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमध्ये केहीको नाम स्वीकृति–सहमति वा सहमतिबेगर नै विभिन्न निजी क्लिनिकहरुमा प्रयोग गरिरहेको पाइएको भन्दै मन्त्रालयले त्यसप्रति आपत्तिसमेत जनाएको छ।

    नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नियमावली २०५५, जनस्वास्थ्य सेवा ऐन २०७६ तथा नियमावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नियमावली २०२४ को नियम २२ मा कुनैपनि सरकारी चिकित्सकहरुले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्न नहुने व्यवस्था गरेको स्मरण गराउँदै मन्त्रालयले आचारसंहिता उल्लङ्घन हुने यस्तो कार्य नगर्न सचेत गराएको छ।

    ‘स्वास्थ्य मन्त्रालय मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुमध्ये केहीको नाम निजको स्वीकृति–सहमति वा सहमतिबेगर नै आफ्नो निजी क्लिनिकमा प्रयोग गरिरहेको भन्ने विषय विभिन्न सञ्चारमाध्यमबाट आइरहेको विषयको सम्बन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, जारी सूचनामा भनिएको छ।