ऋषि धमलाले दिए प्रधानमन्त्री प्रचण्डलाई रजत महोत्सवको निम्तो - Chaitanya News
  • 2026-11-08
  • 09:40:44
  • आइतबार,कार्तिक २३, २०८३
  • ऋषि धमलाले दिए प्रधानमन्त्री प्रचण्डलाई रजत महोत्सवको निम्तो

    ऋषि धमलाले दिए प्रधानमन्त्री प्रचण्डलाई रजत महोत्सवको निम्तो

    काठमाडौं– पत्रकार ऋषि धमला सभापति रहेको रिपोर्टर्स क्लव नेपालले रजत महोत्सव मनाउने भएको छ। संस्था स्थापनाको २५ वर्ष पुगेको अवसरमा क्लबले भोलि विशेष समारोह आयोजना गरेर महोत्सव मनाउन लागेको बताइएको छ।

    राष्ट्रिय सभागृहमा हुने विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि बनाउने धमलाको तयारी छ। दिउँसो साढे २ बजेका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा पठाइएको क्लबले जनाएको छ।

    रिपोर्टर्स क्लब स्थापनाको दिन धमलाले हरेक वर्ष प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका शीर्ष नेतालगायतलाई बोलाएर महँगो होटलमा कार्यक्रम गर्ने गरेका छन्।