बागमती प्रदेशमा एसईई : १ लाख १ हजार ७३३ विद्यार्थीका लागि ४३४ जना परीक्षा केन्द्र - Chaitanya News
  • 2026-05-02
  • 03:45:34
  • शुक्रबार,बैशाख १८, २०८३
  • बागमती प्रदेशमा एसईई : १ लाख १ हजार ७३३ विद्यार्थीका लागि ४३४ जना परीक्षा केन्द्र

    बागमती प्रदेशमा एसईई : १ लाख १ हजार ७३३ विद्यार्थीका लागि ४३४ जना परीक्षा केन्द्र

    काठमाडौँ–यही चैत १७ गतेदेखि हुने कक्षा १० को एसईई परीक्षाका लागि शिक्षा विकास निर्देशनालयले बागमती प्रदेशभित्रका १३ वटा जिल्लाहरूको परीक्षार्थी, परीक्षाकेन्द्र र जनशक्ति तय गरेको छ। प्रदेशमा १ लाख १ हजार ७३३ जना विद्यार्थी सहभागी हुँदैछन्।

    निर्देशनालयका अनुसार २९ गतेसम्म हुने परीक्षाका लागि १३ जिल्लामा ४३४ वटा परीक्षा केन्द्रहरू तोकिएका छन्। त्यस्तै केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष, निरीक्षक, परीक्षा सहायक, परीक्षा सहायक कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी १५ हजार ८८६ जना जनशक्ति खटिनेछन्।

    यस प्रदेश भित्रका सबै जिल्लाका परीक्षा केन्द्रहरूमा उत्तर पुस्तिका पुर्‍याइ सकिएको, परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्न पत्र पुगिसकेको निर्देशनालयले जनाएको छ। त्यस्तै केन्द्राध्यक्ष नियुक्ति गरी अभिमुखीकरण कार्य समेत सम्पन्न भई परीक्षा सम्बन्धी पूर्व तयारीको सम्पूर्ण काम सम्पन्न भएको बताइएको छ।