दुर्गेश र ‘ह्यान्सी ब्रो’ ले गरे मिलापत्र - Chaitanya News
  • 2026-11-08
  • 09:01:51
  • आइतबार,कार्तिक २३, २०८३
  • दुर्गेश र ‘ह्यान्सी ब्रो’ ले गरे मिलापत्र

    दुर्गेश र ‘ह्यान्सी ब्रो’ ले गरे मिलापत्र

    काठमाडौँ–गायक दुर्गेश थापा र ‘ह्यान्सी ब्रो’ अर्थात रिदम क्षेत्री बीचको कुटपिटको मुद्दा प्रहरीमा मिलेको छ। बुधवार प्रहरीमा उजुरी गरेका क्षेत्रीले हामी मिल्यौ भन्दै आरोप समेत फिर्ता लिएपछि मुद्दा मिलेको हो। ‘हामी मिल्यौ भन्दै दुवै मिलेर आउनुभयो। क्षेत्रीले उजुरी पनि फिर्ता लिनुभयो’ महाराजगन्ज प्रहरी वृत्तमा डिएसपी अङ्गुर जिसीले भने– ‘दुवै मिल्यौ भनेपछि हामीले मिलापत्रको कागज गरेर पठायौँ।’

    दुर्गेश र रिदमबीच केही दिन अगाडि टोखामा भएको म्युजिक भिडियो कलाकारहरूको पिकनिकका क्रममा कुटपिट भएको थियो। रिदमले दुर्गेशले आफूलाई कुटेको भन्दै महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए। त्यसमा उनले दुर्गेशसहित तीन जनालाई विपक्षी बनाएका थिए। उजुरीमा पिकनिकमा भएको झडपका दौरानमा आफ्नो सिक्रीसमेत दुर्गेशले चुँडालेर लगेको आरोप रिदमको थियो। अहिले उनीहरुले एकअर्कोको विषयमा केही नबोल्ने भन्दै मिलापत्र गरेको बताइन्छ।