मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउन आवश्यक : प्रभु साह - Chaitanya News
  • 2026-07-03
  • 12:25:56
  • शुक्रबार,आषाढ १९, २०८३
  • मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउन आवश्यक : प्रभु साह

    मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउन आवश्यक : प्रभु साह

    काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सुदखोरबाट मुक्त हुन ठोस कानुन बन्न नसकेमा अझै अपराध बढ्ने बताएका छन्। संसदमा बोल्दै साहले मिटरब्याजी पीडितलाई न्याय दिन बलियो कानुन बनाउन आवश्यक भएको बताए।

    तराईमा लाखौं सर्वसाधरण सुदखोरबाट पीडित छन्। यस विषयमा सभामुखको ठोस रुलिङको माग गर्दछु। सुदखोरले गर्दा हजारौ सर्वसाधरण घरबारविहिन भएका छन्। यसो गर्नु कानुनको ठाडो उल्लंघन हो’ साहले भने, ‘सरकारले १० प्रतिशत ब्याज लिने व्यवस्था गरेको छ। जग्गा रजिस्टर गराएर सैकडा ५ लिएर लुट चलिरहेको छ। यसमा पहल नलिए सुदखोरको अपराध अझै बढ्छ।

    यस्तै लघुवित्तिले गर्दा सर्वसाधरण पीडित बनाएको साहले बताए। बैङकिङ कारोबार अनुपादक क्षेत्रमा हुँदा समस्या थपिँदै गएको बताए। ‘ऋण पाउने नागरिकको अधिकार हो। बैङ्कले अनुपादक क्षेत्रमा कर्जा प्रवाह गर्ने तर सामान्य किसानले ऋण नपाउने भयो। जसले गर्दा उनीहरु सुदखोरबाट पीडित हुन पुगेका छन्’ उनले भने।