मिटरब्याजलाई कारबाही गर्ने गरी कानून बनाउने सरकारको निर्णय - Chaitanya News
  • 2026-11-08
  • 08:54:17
  • आइतबार,कार्तिक २३, २०८३
  • मिटरब्याजलाई कारबाही गर्ने गरी कानून बनाउने सरकारको निर्णय

    मिटरब्याजलाई कारबाही गर्ने गरी कानून बनाउने सरकारको निर्णय

    काठमाडौं– सरकारले मिटरब्याजलाई कारबाही गर्ने गरी कानून बनाउने निर्णय गरेको छ।

    मिटर ब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ।

    मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको एक मन्त्रीले जानकारी दिए।

    घरायसी व्यवहारमा १० प्रतिशतभन्दा बढीको दरमा ब्याज लिन नपाइने कानुन भए पनि कानुनले मिटरब्याजलाई अहिलेसम्म अपराधका रूपमा परिभाषित गरेको थिएन।

    मन्त्रिपरिषद्को मंगलबारको निर्णयअनुसार कानुन संशोधन भए मिटरब्याजी साहुकारमाथि अपराधमा अनुसन्धान गरी सरकारले नै मुद्दा चलाउने बाटो खुल्नेछ।

    सरकारको यो निर्णयपछि मिटरब्याजी पीडितको माग सम्बोधन हुने सरकारको अपेक्षा छ। तर, मिटरब्याज पीडितले भने ऋण नै मिनाहा हुनपर्ने, मिटरब्याजीलाई कारवाही गर्नुपर्ने माग राखेको छन्।