एकीकृत समाजवादीले सोध्यो मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण - Chaitanya News
  • 2026-05-21
  • 07:33:37
  • बिहिबार,जेठ ०७, २०८३
  • एकीकृत समाजवादीले सोध्यो मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण

    एकीकृत समाजवादीले सोध्यो मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीले नेता मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको छ। मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए।

    न्यौपानेले विगत केही समययता लगातार कार्यकर्ता भड्काउने गरी स्ट्याटस लेखेको निष्कर्षसहित पार्टीले स्पष्टीकरण सोधिएको हो। तर, एकीकृत समाजवादीले उक्त निर्णय गोप्य राखेको छ।

    यसैबीच नेता न्यौपानेले स्पष्टीकरण सोधे पनि त्यसको जवाफ नदिने र आफूलाई कुनै फरक नपर्ने बताएका छन्। स्पष्टीकरण मैले दिने दिने होइन, जनताले दिन्छन्, चुनावमै दिइसकेका छन्’, न्यौपानेले रातोपाटीसँग भने, ‘पार्टीमा मैले फरक मत राख्दै आएको थिएँ, दुई लाइन सङ्घर्ष पनि चलेको थियो।’
    नेता न्यौपानेले एमालेसहितको पार्टी एकतामा जोड दिँदै आएका छन्। तर पार्टीले एमालेबाहेकको एकता भनेर निर्णय गरेपछि न्यौपाने थप बिच्किएका थिए। न्यौपाने पार्टीमा तेस्रो बरीयतामा छन्।

    सो पार्टीको मंगलबारकै बैठकले उपाध्यक्ष केदार न्यौपाने र नेता चूडामणि जंगलीले दिएको राजीनामा पनि स्वीकृत गरेको छ।