प्रदेशसभाबाट कोशी नामकरणविरुद्धको आन्दोलनमा झडप - Chaitanya News
  • 2026-11-08
  • 08:13:30
  • आइतबार,कार्तिक २३, २०८३
  • प्रदेशसभाबाट कोशी नामकरणविरुद्धको आन्दोलनमा झडप

    प्रदेशसभाबाट कोशी नामकरणविरुद्धको आन्दोलनमा झडप

    काठमाडौं– प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरिएको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शनमा झडप भएको छ। विराटनगरमा मंगलबार प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आन्दोलनमा झडप भएको हो।

    झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ। आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् भने प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ।

    प्रहरी र आन्दोलनकारीबीचको दोहोरो झडपमा परेर केही सामान्य घाइते भएको बताइएको छ। यही ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किँदै गएको छ।