मंसिरपछि ट्रायल दिएको तीन दिनमै लाइसेन्स ! - Chaitanya News
  • 2026-05-21
  • 06:37:36
  • बिहिबार,जेठ ०७, २०८३
  • मंसिरपछि ट्रायल दिएको तीन दिनमै लाइसेन्स !

    मंसिरपछि ट्रायल दिएको तीन दिनमै लाइसेन्स !

    काठमाडौं –  भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आगामी मंसिरदेखि तीन दिनमै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने गरी सरकारले तयारी गरिरहेको बताएका छन् ।

    उनले हाल लाइसेन्सको पर्खाइमा रहेका करिब आठ लाख सेवाग्राहीलाई आठ महिनाभित्र लाइसेन्स वितरण गरिसक्ने र त्यसपछि ट्रायल पास गर्नेहरूले तीन दिनमै ‘स्मार्ट लाइसेन्स’ पाउने बताए ।

    मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले वर्षौँदेखि लाइसेन्स कुरेर बसेका लाखौँ सेवाग्राहीले आठ महिनाभित्रै पाइसक्ने बताए ।

    उनले आफू मन्त्री भएयता उपत्यकाका सडकका ९० प्रतिशत समस्या समाधान भएको दाबी गर्दै अब लाइसेन्स वितरणलाई सहज बनाउनेबारे तयारी भएको जानकारी दिए ।मन्त्री श्रेष्ठले इम्बोस्ड नम्बरलाई नेपालीकरण गर्ने र त्यसको शुल्क पनि घटाउने तयारी भएको बताए ।