सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छः सभापति लामिछाने - Chaitanya News
  • 2026-05-21
  • 06:35:28
  • बिहिबार,जेठ ०७, २०८३
  • सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छः सभापति लामिछाने

    सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छः सभापति लामिछाने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन्।

    मंगलवार बिरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थ्लमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताएका हुन। पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए।

    उनले आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको पनि धारणा राखे। सभापति लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने स्पष्ट पारे। उनले मिटरब्याज पीडितहरुको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरुको समस्या समाधान गर्नु पर्ने बताए ।

    उनले सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने स्पष्ट पारे।मिटरब्याज पीडितहरुको बिरोध प्रदर्शनमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल पनि सहभागी थिए।