पछिल्लो २४ घण्टामा नेपालमा एकैदिन ६९ कोरोना संक्रमित - Chaitanya News
  • 2026-05-02
  • 17:55:13
  • शनिबार,बैशाख १९, २०८३
  • पछिल्लो २४ घण्टामा नेपालमा एकैदिन ६९ कोरोना संक्रमित

    पछिल्लो २४ घण्टामा नेपालमा एकैदिन ६९ कोरोना संक्रमित

    काठमाडौं– नेपालमा नेपालमा एकैदिन ६९ कोरोना संक्रमित थपिएका छन। सोमबार एकैदिन ६९ जना संक्रमित पाइएका छन्। ४८८ पीसीआर परीक्षणबाट २५ जना र ७७८ एन्टिजेन परीक्षणबाट ४४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यो संख्या परीक्षणको साढे पाँच प्रतिशतमा पाइएको हो। पीसीआरबाट एकैदिन २५ संक्रमित फेला गरेको यो वर्षकै उच्चमध्येको एक हो।

    योसँगै पीसीआरबाट पाइएका सक्रिय संक्रमित बढेर ६६ पुगेका छन्। एक जनालाई मात्र निको भएको छ। संक्रमित बढेसँगै खोप लगाउनेको संख्या पनि बढ्दै गएको छ।

    सोमबार ३४ हजार ८८१ जनाले खोप लगाएका छन्।

    छिमेकी भारतमा बढेसँगै नेपालमा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढेको हो।

    भारतमा सक्रिय संक्रमित दश हजार बढी देखिएका छन्।