काठमाडौँ– अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२ औँ वर्ष भए पनि अझै रंगकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद रहेको बताएका छन्। सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले अझैसम्म पनि रंगकर्मीहरुले श्रमिकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद रहेको बताएका हुन्।
कार्यक्रममा अभिनेत्री निशा शर्माले रंगकर्मीहरुका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताइन्। उनले भनिन्, ‘हामीलाई आफ्नै एउटा भवन भएको भए झनै राम्रो काम गर्न सक्ने थियौँ। हामीले अन्त गएर हल लिनुपर्ने थिएन, त्यसको लागि माग त गरेका छौँ, बजेटमा राख्न आग्रह गरेको छु। हामीले बजेट आयो भने सानो एउटा हल बनाएर कार्यक्रम गर्ने सोच छ।’ अभिनेत्री शर्माले रंगकर्मीहरु सबै मिलेर मात्रै रंगमञ्चको विकास र बिस्तार गर्नुपर्ने बताए।