काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउत मीटरब्याजी पीडितहरूलाई भेट्न आज मातातीर्थ पुगेका छन्।
अध्यक्ष राउतले पीडितहरुको लागि बस्ने, खाने व्यवस्थामा सहयोग गर्ने बताएका छन्। साथै उनले पीडितहरुलाई न्याय दिलाउने प्रतिबद्धता समेत व्यक्त गरे।
सरकारले अविलम्ब समस्याको समाधान नगरे आफ्नो पार्टीले यसमा आवाज उठाउने उनले बताए।
महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका हुन्।
सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन्।