भारतमा एकैदिन १८०५ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु - Chaitanya News
  • 2026-07-16
  • 07:46:33
  • बिहिबार,आषाढ ३२, २०८३
  • भारतमा एकैदिन १८०५ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

    भारतमा एकैदिन १८०५ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

    एजेन्सी– भारतमा एकैदिन १८ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा संक्रमण दर ३।१९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सोही अवधिमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। दिल्लीमा दुई,उत्तर प्रदेश,गुजरात,हिमाचल प्रदेश र चण्डीगढमा एकरएक जनाको मृत्यु भएको हो।

    स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आँकडामा हालसम्म देशमा ४ करोड ४७ लाख बढि मानिसमा संक्रमण देखिएको जनाएको छ। हाल सक्रिय संक्रमितको संख्या १० हजार ३०० पुगेको छ।

    पछिल्लो २४ घन्टामा महाराष्ट्रमा मात्रै ३९७ जना संक्रमित भेटिएका छन्। गुजरातमा ३०३ जना संक्रमित भेटिएका छन्। यसका साथै केरलामा २९९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    कर्नाटकमा २०९,दिल्लीमा १५३ नयाँ संक्रमित देखिएका छन्।

    पछिल्ला दिनमा कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपनि आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरूले बताएका छन्। एम्सका पूर्वनिर्देशक डा।रणदीप गुलेरियाले एक्सबीबी १।१६ का कारण केसहरु बढ्दै गएको बताएका छन्।