कांग्रेसबाट को–को बन्दैछन् मन्त्री? - Chaitanya News
  • 2026-05-21
  • 06:37:30
  • बिहिबार,जेठ ०७, २०८३
  • कांग्रेसबाट को–को बन्दैछन् मन्त्री?

    कांग्रेसबाट को–को बन्दैछन् मन्त्री?

    काठमाडौं– नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा खड्काले पार्टीबाट सरकारमा नेतृत्व गर्ने भएका हुन्।

    यस्तै, कांग्रेसले तय गरेको मन्त्रीहरुमा डा। प्रकाशशरण महत, सिता गुरुङ, दीपक खड्का, किशोरसिंह राठोर, जीवन परियार, तेजुलाल चौधरी रहेका छन्। शंकर भण्डारी पनि मन्त्री बन्नेको लिष्टमा छन्। खड्काले उपप्रधान एवम् रक्षामन्त्रीको नेतृत्व सम्हाल्नेछन्। डा. महतले भने अर्थमन्त्रालयको नेतृत्व लिने भएका हुन्।

    दीपक खड्का भने उर्जामन्त्री बन्ने पक्का रहेको कांग्रेसनिकट उच्च स्रोतको दाबी छ। आज विहान प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गरेका थिए। सो छलफलमा देउवाले पार्टीबाट सरकारमा सहभागी हुनेहरुको नाम प्रस्ताव गरेका थिए।