नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस - Chaitanya News
  • 2026-05-21
  • 06:35:28
  • बिहिबार,जेठ ०७, २०८३
  • नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस

    काठमाडौं- नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस भएको छ।

    आइतबार प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले चार जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

    पहिलो नम्बरमा सन्दीप भण्डारी, दोस्रोमा सुदिप गिरी, तेस्रोमा मिरा चौधरी र चौथोमा टेकबहादुर तामाङलाई बढुवा गर्न सिफारिस गरिएको हो।

    आइजिपी धिरजप्रताप सिंहसँगै एआइजी सहकुल थापा, उत्तम सुवेदी र दिवेश लोहनीले पनि अवकाश पाएसँगै रिक्त रहेका एआइजीका पदमा उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो।

    नवनियुक्त आइजिपी कुँवरले आइतबार मात्रै दर्ज्यानी चिन्ह पाएका हुन्।