काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्माले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक बसन्त बहादुर कुँवरलाईबधाई तथा शुभकामना दिएका छन्। सैनिक मुख्यालयमा भएको भेटका क्रममा आइतबार प्रधानसेनापतिले आईजीपीलाई बधाई तथा शुभकामना दिएका हुन्। सो क्रममा प्रधान सेनापति र आईजीपीबीच आपसी सहकार्यका विषयमा पनि छलफल भएको बताइएको छ।
कुँवर शुक्रबार मन्त्रिपरिषद्को निर्णयअनुसार आईजीपीमा नियुक्ति भएका थिए भने आजै दर्ज्यानी चिह्न पाएपछि पदभार ग्रहण गरेका छन्।