तिलोत्तमा नगरपालिकाले गर्‍यो तीन क्रिकेटरलाईको सम्मान - Chaitanya News
  • 2026-06-05
  • 18:14:38
  • शुक्रबार,जेठ २२, २०८३
  • तिलोत्तमा नगरपालिकाले गर्‍यो तीन क्रिकेटरलाईको सम्मान

    तिलोत्तमा नगरपालिकाले गर्‍यो तीन क्रिकेटरलाईको सम्मान

    सिद्धार्थनगर– राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ।

    आइसीसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्नुभएका कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल र यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाललाई तिलोत्तमा नगरपालिकाले जनही ५० हजार रुपियाँसहित सम्मान गरेको हो।

    खेलाडीलाई तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा सम्मान गरे। सो अवसरमा नगरप्रमुख खाँणले तिलोत्तमालाई क्रकेट हवको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए।

    नगर उपप्रमुख चौधरीले खेलाडीहरुले नेपालको पहिचानसँगै तिलोत्तमालाई विशेष रुपमा पहिचान प्रदान गर्न सफल भएको उल्लेख गरे।

    सम्मान ग्रहणपछि राष्ट्रिय खेलाडी भुर्तेलले सम्मानले आगामी दिनमा थप राम्रो गर्न हौसला मिलेको बताउँदै यसले नयाँ खेलाडी उत्पादनमा समेत अवसर जुराएको बताए। उनले सबैको साथ समर्थनले नै आफु र आफ्नो टोलीले सफलता हात पारेको पनि उल्लेख गरे।