पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिए - Chaitanya News
  • 2026-06-05
  • 16:30:16
  • शुक्रबार,जेठ २२, २०८३
  • पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिए

    काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा पछिल्ला दिनहरूमा कोरोना संक्रमण बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९ जनाको नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो।

    कुनै बेला सक्रिय संक्रमित शून्यमा झरेको नेपालमा आइतबार सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ। पछिल्लो २४ घण्टामा निको भएर २ जना संक्रमित डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म कोरोनाबाट १२०२० जनाको मृत्यु भएको छ।